भन्सार छली गरेको १४ लाख बराबरको सामान बरामद

नवीन पौडेल

परासी — पश्चिम नवलपरासी प्रहरीले १४ लाख बराबरको भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको छ । बिहीबार र आइतबार गरेर १४ लाख बराबरको सामान बरामद गरेको हो ।

भन्सार छली गरेको १४ लाख बराबरको सामान बरामद

आइतबार भन्सार छली गरेर ल्याएको ७ लाख रुपैयाँको सामान र पशुचौपाया पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको हो । जिल्लाको सरावल गाउँपालिका-७ मधवलिया दशगजा क्षेत्रमा अटोमा लोड गरेर क्वारेन्टाइन जाँच नगराएको अवस्थामा १८ वटा खसीबोका नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

५ लाख ६५ हजार बराबारको पशुचौपाया र अटो बरामद गरेर भन्सार कार्यालय महेषपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले बताए । यसैगरी पाल्हिनन्दन गाउँपालिका -३ बेलासपुरमा भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको १ लाख २३ हजार बराबरको कपडा बरामद गरेर भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।

प्रहरीले बिहीबार भरतीय सीमावर्ती नाका क्षेत्रबाट ७ सात बराबरको लत्ता कपडा र घरायासी सामान बरामद गरेको थियो ।

प्रकाशित : वैशाख १६, २०८१ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?