कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

दार्चुलामा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु

मनोज बडू

दार्चुला — अपिहिमाल गाउँपालिका-६ धङकङमा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय छिपुलाकेदार मावि कक्षा ५ अध्ययनरत १२ वर्षीय समिर महताको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार विद्यालयमा खेलिरहेका बेला भिरबाट लडेर समिर महताको मृत्यु भएको जनाए । स्कुलको कम्पाउन्डनजिकै खेलिरहेका उनी लडेर झन्डै ५०/६० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

घटनाको बारेमा थप अनुसन्धान गर्न अहिले खण्डेश्वरी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित : असार १८, २०८० ०६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?