मोरङको सुन्दरहरैचा नगरपालिकामा एमाले विजयी

विराटनगर — मोरङको सुन्दर हरैचा नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा केदारप्रसाद गुरागाईंले कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै विजयी भए । ढकाल निवर्तमान मेयर हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत ल्याए ।

त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरी विजयी भएकी छन् । उनले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।
यहाँ कांग्रेस र माओवादी केन्द्रको मेयर र उपमेयरमा गठबन्धन थियो । योसँगै मोरङका १७ पालिकाको अन्तिम परिणाम सकिएको छ ।
