कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीमा जिप दुर्घटना, ३ जना घाइते

तृप्ति शाही

बैतडी — बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला सदरमुकाम गोठलापानीबाट दोगडाकेदार गाउँपालिका —४ को बसालीतर्फ गइरहेको से १ ज २२६ नम्बरको जिप बिहीबार दिउँसो ४ बजेतिर दोगडाकेदार —३ को तारलमा दुर्घटना भएको हो ।

बैतडीमा जिप दुर्घटना, ३ जना घाइते

दुर्घटनामा दोगडाकेदार गाउँपालिका —५ न्वालीका १४ वर्षीय भीम धामी, २५ वर्षीय दीपकसिंह कार्की र दशरथचन्द नगरपालिका ११ बर्तोलीका डम्मर महरा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको खोचलेक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोती बमले जनाए ।

१० जना सवार जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । सडक चिप्लो भएका कारण जिप चिप्लेर दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ । जिप चालक भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?