कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस अधिवेशन

अछाममा सांसद र मेयर नै पराजित

मेनुका ढुंगाना

अछाम — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भइरहेको प्रतिनिधि चयनमा स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय सांसदसम्म पराजित भएका छन् । अछाम क्षेत्र नं. २ को महाअधिवेशन प्रतिनिधिमा २२ जना संस्थापन पक्षका विजयी भएका छन् । संस्थापन इतरका ३ जना विजयी भए ।

अछाममा सांसद र मेयर नै पराजित

क्षेत्र नम्बर १ मा भने खसेभन्दा बढी मत भेटिएपछि गणना स्थगित भएको छ । क्षेत्र नम्बर २ मा भने पटकपटक सांसद भएकाले नै पराजय भोग्नु परेको छ । प्रतिनिधि सभा सदस्यसमेत रहेका सांसद रामबहादुर विष्ट गोला प्रथाबाट पराजित भएका हुन् । निवर्तमान क्षेत्रीय सभापति लक्ष्मण शाह र सांसद विष्टले ३ सय ८७ मत पाएका थिए । शाह १३ औं महाधिवेशनमा पनि क्षेत्रीय सभापतिमा बराबर मत पाएपछि गोला प्रथाबाट विजयी भएका थिए । यस्तै निर्वाचन क्षेत्र नं. २ बाट महाअधिवेशन प्रतिनिधिमा पराजित हुनेहरूमा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा र ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउँद रहेका छन् ।

क्षेत्र नम्बर २ मा शेरबहादुर देउवा पक्षका दुइ टिम बनेका थिए । देउवानिकट पूर्व पार्टी सभापति पुष्पबहादुर शाहले रामचन्द्र पौडेल पक्षका सांसदसमेत रहेका रामबहादुर विष्टसंँग चुनावी तालमेल गरेका थिए । देउवा पक्षका अर्का नेता गणेशबहादुर विष्टले छुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । क्षेत्र नम्बर २ का दुई वटा प्रदेश र क्षेत्रमा पनि गठबन्धनले नै विजयी भयो । जसमा देउवा निकट शाह पक्षले ४ जना पौडेल निकटका नेतालाई महाधिवेशन प्रतिनिधि उम्मेदवार बनाएको थियो ।

अहिले जिल्लाबाट ३ जना पौडेल निकटमा महाधिवेशन प्रतिनिधिमा विजयी भए भने २२ जना देउवा पक्षका महाधिवेशन प्रतिनिधि भए ।

प्रकाशित : मंसिर १०, २०७८ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?