कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

गणेश चौधरी

टीकापुर — पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीमा ट्रकको ठक्करबाट टीकापुर–२ की गोमा थापाको मृत्यु भएको छ । ना २ ख ९३७० नम्बरको ट्रकले ठक्करबाट उनको मृत्यु भएको हो । 

कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु


महिलाको मृत्युपछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रक जलेको स्थानीय नवराज खनालले जनाए । आगजनीमा संलग्न भीड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको जनाएको छ ।


प्रकाशित : मंसिर ९, २०७८ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?