गणेश चौधरी

गणेश चौधरीका लेखहरु :

चैते धानलाई छैन मल

चैते धानका लागि मल नपाएको किसानले बताएका छन् । कैलालीको भजनी नगरपालिका–१ का रामकृष्ण चौधरीले धानको ब्याड रोप्न तयार भए पनि मल अभावमा रोपाइँ गर्न नसकेको सुनाए । उनले भने, ‘मल बेच्ने धेरै सहकारीमा गए । कतै पनि भेटिएन ।’ अहिले किसानले युरिया, डीएपी मल खोजे पनि पाइरहेका छैनन् ।

कठरिया थारूको ‘होरी’

कैलालीका कठरिया थारू समुदायको घरघरमा ‘होरी’ नाच चलेको छ । नाचमा केही पुरुषले ढोल बजाउँछन् । त्यही ढोलको तालमा महिला र पुरुष समूहमा हातमा रुमाल हल्लाउँदै ‘होरी’ नाच नाच्छन् ।

होलीमा आगोको सगुन

पश्चिम तराईका थारू समुदाय (रानाथारू बाहेक) ले होलीमा नयाँ आगो बाल्ने चलन छ । गाउँको देउथानमा बालिएको आगो सबैका घरमा ल्याएर बाल्ने परम्परा रहेको छ । होलीको अघिल्लो साँझ सबैले आफ्ना घरका चुलाको पुरानो आगो निभाउने र नयाँ आगो बाल्ने चलन रहेको टीकापुर–१ का दिलबहादुर चौधरीले बताए । ‘नयाँ आगो सगुनका रूपमा लिने गरिन्छ । आगो शक्तिका रूपमा लिइन्छ,’ उनले भने, ‘यसले वर्षभरि घर परिवारमा राम्रो हुन्छ भन्ने थारू समुदायमा विश्वास छ ।’

तटबन्ध मर्मत गर्न पहल

कात्तिक पहिलो साताको बेमौसमी वर्षाका बेला कर्णाली नदीमा आएको बाढीले भत्काएका तटबन्ध मर्मतका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले प्रक्रिया अघि बढाएको छ । बाढीपीडित क्षेत्रका बासिन्दाले संघर्ष समिति बनाएर मर्मतका लागि दबाब दिएपछि आयोजना कार्यालयले मर्मतको प्रक्रिया अघि बढाएको हो ।

कृषि कार्यक्रममा ढिलाइ

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको कृषितर्फको कार्यालयले बसन्ते मकै उत्पादन कार्यक्रम अनुदानका लागि सूचना निकाल्यो । मकै लगाउने समय घर्किन थाल्दा पनि कार्यालयले कृषक छनोट गरेको छैन ।

फेरियो थारू समुदायमा बिहेको चलन

अहिले विवाहको सिजन छ । सबैले आफ्नो परम्पराअनुसार विवाह गरिरहेका छन् । थारू समुदायको छुट्टै वैवाहिक परम्परा पछिल्लो समय बदलिँदै गएको छ । ‘थारूको पुरानो विवाह परम्परा त करिब सकिसकेको छ,’ कैलाली जोशीपुर–३ मनकापुरका वीरबहादुर चौधरीले भने, ‘थारू दुलहाको टाउकोमा सेतो पगिया, जीउमा सेतो जामा, कम्मरमा सुरुवाल हुन्थ्यो तर पछिल्लो चरणमा यस्ता पोसाकको ठाउँमा सर्ट, कोट, पाइन्ट वा सुटले स्थान लिइसकेको छ ।’

विमानको पर्खाइमा टीकापुर

टीकापुरको विमानस्थल विमानको पर्खाइमा छ । हवाई सेवा सञ्चालन गर्ने भनेर विमानस्थलमा अतिक्रमण गरी बसेका मुक्त कमैयालाई हटाइए पनि विमानस्थलमा विमान भने आउन सकेको छैन । २०४२ सालदेखि सञ्चालन भएको टीकापुर विमानस्थल विगतको द्वन्द्वका कारण २०५४ सालदेखि बन्द छ । बन्द रहेको अवस्थामा २०६१ सालमा मुक्त कमैयाद्वारा विमानस्थल अतिक्रमण भएको थियो ।

हिउँदे वर्षाले खेतीपातीमा ह्रास

पश्चिम तराईको कैलाली र कञ्चनपुरमा यसपाला हिउँदमा भइरहेको पटकपटकको वर्षाले जनजीवन प्रभावित हुनुका साथै हिउँदे बालीलाई प्रभावित पारेको छ । पश्चिम तराईमा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाले चिसोसमेत अत्यधिक बढेको छ ।

खाद्य कम्पनीले रोक्यो धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीबाट धान खरिद कार्य रोकेको छ । गुणस्तरीय धान नआएको भन्दै कम्पनीले खरिद कार्य स्थगन गरेको हो । ‘पानीमा भिजेको न्यून गुणस्तरको धान नकिन्नु भन्ने निर्देशन छ । किसानले खरिद केन्द्रमा ल्याएको धान गुणस्तरीय नभएकाले खरिद बन्द गरेका हौं,’ कम्पनीकी सुदूरपश्चिम प्रदेश प्रमुख इन्जिला बस्नेतले भनिन् ।

अर्जुन दास मृत्यु प्रकरण : १० दिनपछि अन्त्येष्टि

कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका सोही स्थानका २५ वर्षीय अर्जुन दासको १० दिनपछि सोमबार अत्येष्टि गरिएको छ ।