२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना : ५ जनाको मृत्यु, २ घाइते

तृप्ति शाही

बैतडी — बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् । आइतबार राति ८ बजेतिर दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सकड खण्डको कलुवाडमोडमा जिप दुर्घटना भएको हो ।

दशरथचन्द नगरपालिका-२ को थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायलतर्फ जाँदै गरेको मे १ ज ३१० नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । प्रहरीका अनुसार घटनास्थलमा उद्वारका लागि प्रहरी र स्थानीयहरू जुटेका छन् ।

प्रकाशित : मंसिर ५, २०७८ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?