कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा गैंडाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । वडा नम्बर ४ मैनाहाका ५३ वर्षीय बलिराम राना गैंडाको आक्रमणबाट घाइते भएका हुन् । 

डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिने यादवका अनुसार बुधबार बिहान अमर स्मृति सामुदायिक वन छेउमै रानामाथि गैंडाले आक्रमण गरेको हो । उनको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको उक्त सामुदायिक वनमा डेढ/दुई महिनादेखि गैंडा देखिएको थियो । गत साता जिल्लाकै शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक १०, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?