कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुंगाडमा पुगेका प्रधानमन्त्रीले केही नभनी फर्के

तृप्ति शाही

बैतडी — सेती नदीले क्षति पुर्‍याएको बैतडीको ढुंगाडमा प्रधानमन्त्री शेरबहादुर देउवाले राहत र क्षतिपूर्तिको कुरा नगरेको भन्दै स्थानीयले चित्त दुखाएका छन् । बिहीबार दिउँसो ढुंगाड बस्ती पुगेका उनले स्थानीयसामु केही नभनी फर्किएका स्थानीय भानबहादुर बोहराले बताए ।

ढुंगाडमा पुगेका प्रधानमन्त्रीले केही नभनी फर्के

बोहराका अनुसार प्रधानमन्त्रीले सबै ठाउँमा यस्तै भएकाले केही निर्णय गर्नेमात्र भनेर फर्के ।

हेलिकप्टरबाटै प्रभावित क्षेत्रको अवलोकन गरेका उनले केही समय पीडितहरुले दिएको ज्ञापनपत्र बुझे । प्रधानमन्त्री आएपछि सबै समस्याहरु प्रत्यक्ष राखेर समाधान हुने आशा बोकेका स्थानीयले यो मौका नपाएका उनले बताए ।

देशकै प्रमुख र अन्य मन्त्रीहरु बस्तीमै पुगेको बेला केही ठोस निर्णय गरेर जानुहुन्छ भन्ने आशा बोकिरहेको भए पनि यस्तो नभएको स्थानीय राजेन्द्र चन्दले बताए । आफूहरुले केही आश्वासन पनि नपाएको उनको भनाइ थियो । ज्ञापनपत्र भने बुझाएको भन्दै उनले भने, ‘हामीले पटक-पटक डुबानमा पर्ने ढुंगाड बस्तीलाई तराईको कुनै स्थानमा सारिदिनको लागि माग गरेका छौं । अब यहाँ बस्न सकिने अवस्था पनि छैन ।’

प्रकाशित : कार्तिक ४, २०७८ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?