कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा बाघको आक्रमणबाट एक घाइते

गणेश चौधरी

टीकापुर — कैलालीको टीकापुर पार्कमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । टीकापुर नगरपालिका–५ नुक्लीपुरका २२ वर्षीय दीपक चौधरी घाइते भएका हुन् । पार्क हुँदै कर्णाली नदीको बाढी हेर्न जाने क्रममा उनलाई बाघले एक्कासी आक्रमण गरेको प्रहरीले जनाएको छ ।

कैलालीमा बाघको आक्रमणबाट एक घाइते


चौधरी अरु चार जना साथीहरुसँग नदीतर्फ जाँदैथिए । तर सँगै गएका साथीहरु भने सकुशल छन् ।

बाघको आक्रमणबाट घाइते चौधरीको दायाँतर्फको काँध र कानको लोतीमा प्वाल परेको जनाइएको छ । टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?