कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४११

तटबन्ध भत्किएर कर्णाली बस्ती पस्दा कैलालीमा दुई सय घर डुबानमा

गणेश चोधरी

टीकापुर — कैलालीको पूर्वी भागका विभिन्न गाउँमा कर्णाली, पथरैया, कन्द्रा, काढा र मोहना नदीको बाढी गाउँ बस्तीमा पसेको छ । भजनी नगरपालिकाका करिब २ सय घरमा पानी पसेको भजनी–५ का वडाध्यक्ष केशव बुढाले बताए । कर्णालीको बाढीले जानकी गाउँपालिकाको पाताभार, टीकापुर नगरपालिकाको शाहीपुर लगायतका ठाउँमा तटबन्ध भत्काएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताएका छन् ।

तटबन्ध भत्किएर कर्णाली बस्ती पस्दा कैलालीमा दुई सय घर डुबानमा

पानीको बहाव बढेसँगै तटबन्ध भत्किएपछि टीकापुर नगरपालिकाको सत्ती, धनसिहपुर सूर्यपुर लगायतका गाउँ निकै जोखिममा परेको बताइएको छ । यहाँका कैयो घर डुबानमा परेको छ । डुबानमा परेका र जोखिममा रहेका घर परिवारलाई सुरक्षाकर्मीको टोलीले सुरक्षित ठाउमा सार्न र उद्धार गर्न खटिएको छ ।

कर्णाली नदीमा पानीले खतराको तह नाघेको छ । नदीको पानी १२ मिटर ५० सेन्टिमिटर पुगेको जनाइएको छ । कर्णाली नदीको सतह ११ मिटर पार गर्नुलाई खतराको तह मानिन्छ । कर्णाली तथा चुरे क्षेत्रबाट आउने नदीमा पानीको बहाव निकै बढेको छ । रानी जमरा कुलरिया सिँचाइ कुलोमा पनि पानीको सतह बढ्नाले स्थानीयको खेतबारीमा पानी भरिभराउ भएको छ । कर्णालीमा पानीको बढ्दा दक्षिणका तटीय क्षेत्रहरु टीकापुर नगरपालिका र जानकी गाउँपालिका भूभागमा जोखिम बढेको हो ।

प्रकाशित : कार्तिक २, २०७८ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?