गणेश चोधरी

गणेश चोधरीका लेखहरु :

तटबन्ध भत्किएर कर्णाली बस्ती पस्दा कैलालीमा दुई सय घर डुबानमा

कैलालीको पूर्वी भागका विभिन्न गाउँमा कर्णाली, पथरैया, कन्द्रा, काढा र मोहना नदीको बाढी गाउँ बस्तीमा पसेको छ । भजनी नगरपालिकाका करिब २ सय घरमा पानी पसेको भजनी–५ का वडाध्यक्ष केशव बुढाले बताए । कर्णालीको बाढीले जानकी गाउँपालिकाको पाताभार, टीकापुर नगरपालिकाको शाहीपुर लगायतका ठाउँमा तटबन्ध भत्काएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताएका छन् ।