कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढी–डडेलधुरा राजमार्गको पहिरो पन्छाइयो

चित्रांग थापा

धनगढी — धनगढी–डडेलधुरा राजमार्गको भासु सडकखण्डको पहिरो पन्छ्याइएपछि यातायात सञ्चालन भएको छ ।

सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एसपी बामदेव गौतमका अनुसार भासु सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा आइतबार रातिदेखि नै सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्लाको यातायात सेवा प्रभावित हुन पुगेको थियो । ‘पहिरो हटाएपछि सोमबार दिउ‘सोबाट यातायात सेवा सञ्चालन भएको हो,’ एसपी गौतमले भने ।

एसपी गौतमका अनुसार पहिरो खसेर डोटी–अछाम राजमार्गको साँफेबगर चौखुट्टे सडकखण्ड पनि अवरुद्ध रहेको छ । पहिरो हटाएर यातायात सञ्चालन गर्ने काम भइरहेको उनले बताए । कतिपय ग्रामीण सडक पनि वर्षाका कारण पहिसो खसेर अवरुद्ध भएको हुन सक्ने एसपी गौतमले जानकारी दिए ।

बझाङ जोड्ने जयपृथ्वी राजमार्गको खोडपे सडकखण्ड पहिरोले केही समय अवरुद्ध भएकोमा पहिरो पन्छाएर यातायात सञ्चालन भइसकेको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक १, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?