कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा विदेशी मुद्रासहित पक्राउ

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका–४ बाङ्गाबगडबाट विदेशी मुद्रासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति प्रहरीले दुहु गाउपालिका–१ पिपलचौरीका ३० वर्षीय तेजबहादुर बमलाई अवैध विदेशी मुद्रासहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार राति गस्तीमा खटिएको टोलीले महाकाली नगरपालिका–४ बांगाबगडबाट बमलाई अवैध विदेशी मुद्रा र अन्य नगद नेपाली रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

प्रहरीले बमको साथबाट मलेसियन रिङ्गीट २ थान, चिनियाँ युआन १ थान, इरानी दिनार १ हजारको १ थान, भारतीय ५ सय रुपैयाँका ९६ थान, २ सयको १ थान, १ सयको १७ थान र नेपाली रुपैयाँ १ हजारको १ सय ६७ थान, ५ सयको १ सय ५९ थान बरामद गरेको जनाएको छ ।

पक्राउ परेका बमलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको डिएसपी भट्टले बताए । उनीविरुद्ध विदेशी मुद्रा अपचलन कसुरमा कारबाही चलाइने जनाइएको छ ।


प्रकाशित : आश्विन ३१, २०७८ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?