कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा (एस) सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी

अर्जुन शाह

धनगढी — नेकपा (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका दीर्घबहादुर सोडारी चयन भएका छन् ।

नेकपा (एस) सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी

मंगलबार बसेको उक्त दलको बैठकले सोडारीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन् ।

५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल हो । एमाले विभाजनपछि गठन भएको उक्त दलमा १४ जना सांसद छन् । हाल नेकपा माओवादी केन्द्र नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) सत्तामा छ ।

प्रकाशित : भाद्र २९, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?