कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरे फेदीमा विजयसाल र फलफूल रोपिँदै

कञ्‍चनपुर — चुरे फेदीमा रहेको सहिद स्मृति सामुदायिक वन विजयसालको वनका लागि परिचित छ । भीमदत्त नगरपालिका–३ मा रहेको यो वनले विजयसालको वनलाई विस्तार गर्ने योजनाअनुसार थप वृक्षरोपण पनि गरिरहेको छ । उपभोक्ताको आयआर्जन बढाउने उद्देश्यले फलफूलका बिरुवा पनि रोप्न थालेको छ ।

चुरे फेदीमा विजयसाल र फलफूल रोपिँदै

सामुदायिक वनले चुरे फेदमा विजयसालका दुईवटा नमुना प्लट बनाएको छ । गतवर्ष करिब एक हजार विरुवा रोपिएका छन् । अहिले ती बिरुवा राम्रै गरी हुर्केका छन् । उपभोक्ताहरूको आयआर्जनमा सघाउ पुर्‍याउने उद्देश्यले यस वर्ष फलफूलका बिरुवा रोप्न लागेको सामुदायिक वनका अध्यक्ष कर्णबहादुर विष्टले बताए ।

उनका अनुसार दुई प्लटमा गरी ७ सय बढी फलफूलका बिरुवा रोप्न लागिएको हो । सामुदायिक वनभित्र आँप, लिची, अमला, मसला, दालचिनीलगायतका बिरुवा रोपिन लागेका हुन् ।


प्रकाशित : भाद्र १९, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?