कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरो प्रभावित सार्न सुरक्षाकर्मी खटिए

निजाङगाडमा सुरक्षाकर्मीले काठको अस्थायी पुल राखेपछि स्थानीयलाई आवतजावतमा सहजता
मनोज बडू

दार्चुला — बाढीपहिरोले प्रभावित बनेको दुहु गाउपालिकामा चार दिनपछि जिल्लाबाट सुरक्षाकर्मी पुगेका छन् । सदरमुकामबाट १८ किलोमिटर दुरीमा रहेको बाढीप्रभावित क्षेत्र दुहु गाउपालिका–५ र वडा २ मा जिल्लाबाट सेनासंगै सशस्त्र प्रहरी र प्रहरी घटनास्थल पुगेको स्थानीयले बताएका छन् । गत आइतबार राति दुहु गाउपालिकामा बाढिपहिरोबाट ठूलो मात्रामा जनधनको क्षति भएको थियो ।

अहिले पनि उक्त क्षेत्रमा बाढिपहिरो आउने क्रम नरोकिएको हुनाले स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि जिल्लाबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासनले जनाएको छ । सदरमुकाम खलंगाबाट सशस्त्र प्रहरी, प्रहरी र सेनाको टोली दुहुको बाढिपहिरो निरीक्षण तथा उद्धारमा खटिएको हो । बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा ओसार्न सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।

बाटो नहुदा प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न सकिएको थिएन् । श्रीवगरमा अस्थायी काठेपूल बनाएपछि अहिले सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा खटिएका हुन् । श्रीबगरमा रहेको दार्चुला–तिंकर सडकको निजाङगाडको मोटरेबल पूल बगाएपछि दुहु र ब्यास गाउपालिकाको सदरमुकामसंगको सम्बन्ध बिच्छेद हुन पुगेको थियो । निजाङगाडमा सुरक्षाकर्मीले काठको अस्थाई पुल राखेपछि स्थानीयलाई आवतजावतमा सहजता आएको छ । यसैबीच दार्चुला–तिंकर सडक खण्डको निजाङगाड खोलामा सवारी साधन चल्ने बनाउन बिहीबारबाट डोजर लगाएको छ । यो क्षेत्रमा ह्युमपाइप राखेर सवारी चल्ने गरी काम भइरहेको प्रहरीले जनाएको छ ।

दुहु र व्यासमा विद्युत् अवरुद्ध

दुहु गाउपालिका र महाकाली नगरपालिकाको सीमा क्षेत्र श्रीबगरमा बाढिपहिरोले विद्युतीय लाईनमा क्षति गर्दा अहिले दुहु र ब्यास गाउपालिकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । श्रीबगर क्षेत्रमा बाढीले विद्युत्का पोल बगाउँदा त्यस माथिको क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध हो । आइतबार रातिबाट अवरुद्ध भएको विद्युत् लाइन अहिलेसम्म मर्मत नहुदा दुहु–१ र ब्यास गाउँपालिका भरिमा विद्युत् बन्द भएको हो ।

स्थानीय जलविद्युत् बाढीले बगाएको र राष्ट्रिय प्रसारण लाइन पनि अवरुद्ध रहेकाले अन्धकारमा बस्न बाध्य भएको दुहु गाउँपालिका–१ डम्मरसिंह बोहराले बताए । दुहु गाउँपालिकास्थित कालागाड खोलामा निर्माण भएका चारवटा लघु जलविद्युत् आयोजना बाढीपहिरोले बगाउँदा गाउँपालिकाभरि अन्धकार भएको छ ।

स्थानीय लघु जलविद्युत् बाढीपहिरोले बगाएकाले राष्ट्रिय प्रसारण लाइन तत्काल सुचारुका सम्बन्धित निकायलाई अनुरोध गरिएको दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए । विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाले शुक्रबार अबेरसम्म बत्ती बाल्न सकिने जनाएको छ । वितरण केन्द्रबाट आवश्यक सामग्री ढुवानी गरी प्राविधिकहरूको टोलीले प्रसारण लाइन मर्मत गर्ने कार्य गरिरहेका छन् ।

गत आइतबार राति दुहु गाउँपालिका–३ र महाकाली नगरपालिका–१ को निजाङगाडमा आएको बाढीपहिरोमा दुई जना अझै बेपत्ता छन् । बाढी आएको भोलिपल्ट बिहानैबाट बेपत्ताको खोजीमा सुरक्षाकर्मी र स्थानीय जुटे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । निजाङ बस्तीका बेपत्ता हरकसिह कार्की र शेरसिंह कार्कीलाई अहिलेसम्म भेटाउन नसकिएको दार्चुलाका प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले बताए ।

सोमबार बिहानै घट्ट गएको अवस्थामा कार्की दाजुभाइ बाढीले बेपत्ता पारेको र खोजतलास गर्दा फेला पार्न सकिएको छैन । रातिको समयमा आएको बाढीपहिरोमा परी दुहु गाउँपालिका र महाकाली नगरपालिकाका तीन जनाको मृत्यु हुनुको साथै दर्जनौं परिवार विस्थापित भएका थिए । गाउँपालिकाका अध्यक्ष कार्कीका अनुसार विभिन्न वडाका ५० घर पूर्ण क्षति, १ सय ५० घरमा बाढीले क्षति गर्दा बस्न लायक छैन ।

प्रकाशित : भाद्र १९, २०७८ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?