कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

बझाङ — जयपृथ्वीबहादुर सिंहको १ सय ४५ औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न पालिका, शैक्षिक संस्था, नागरिक समाजलगायतले आयोजना गरेका कार्यक्रममा जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने माग उठेको छ ।

जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

नेपाली भाषा, साहित्य, शिक्षा, पत्रकारिता, न्यायिक तथा प्रशासनिक सुधारका क्षेत्रमा योगदान पुर्‍याएका जयपृथ्वीलाई राज्यले चिन्न नसकेको विभिन्न व्यक्तिको गुनासो छ । ‘जयपृथ्वीले त्यो बेला नेपाललाई देखाएको विकास र सुशासनको बाटो अझै पनि देशले समात्न सकेको छैन,’ पत्रकार महासंघको कार्यक्रममा जयपृथ्वी महाकाव्यका लेखकसमेत रहेका बझाङी इतिहासका अध्येता विष्णुभक्त शास्त्रीले भने, ‘न त आजभन्दा डेढ सय वर्ष पहिला जन्मिएर विश्वभर नेपालको परिचय फैलाउन उहाँले गरेको योगदानको सम्मान नै देशले गर्न सकेको छ ।’

जयपृथ्वीको व्यक्तित्वलाई बझाङ र गोरखापत्रको परिचयमा सीमित राख्नु जयपृथ्वीजस्ता युगपुरुषको अवमूल्यन हुने सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको भनाइ छ ।

‘नेपाल भन्ने देश विश्व मानचित्रमा छ भन्ने पनि धेरैलाई थाहा नभएको त्यो बेला न्युयोर्क टाइम्स, द हिन्दु पत्रिकाले जयपृथ्वीलाई ‘एसियाका ज्योति’, ‘दोस्रो गौतम बुद्ध’ जस्ता उपमा दिएर हेडलाइन बनाएका थिए । तिनै व्यक्ति आफ्नै जिल्लामा पनि गुमनामजस्तै छन्,’ उनले भने । जयपृथ्वी क्याम्पसका प्राध्यापक लालबहादुर बोहराले जयपृथ्वीको मानवतावादी दर्शन अध्ययन गर्न विश्वविद्यालयमा वातावरण बनाउनुपर्ने बताए ।

प्रकाशित : भाद्र ८, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×