कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सशस्त्र प्रहरी जवान मृत फेला

मोहन बुढाऐर

धनगढी — कैलालीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । सशस्त्र प्रहरी बल ३४ नम्बर हेडक्वार्टरमा कार्यरत ३१ वर्षीय हरीशकुमार शाहीको कार्यालय परिसरमै शव भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ कार्यालय परिसरमा जमेको पानीमा घोप्टो परेको अवस्थामा बुधबार बिहान साढे ५ बजे शाहीको शव फेला परेको थियो । शाहीको स्थायी घर डडेल्धुरा, भागेश्वर गाउँपालिका–१ हो ।

‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ डीएसपी प्रतीक बिष्टले भने । उनका अनुसार शव पोस्टमार्टमका लागि सेती अस्पताल पठाइएको छ ।


प्रकाशित : श्रावण २०, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?