एक दिनमा २० टनभन्दा बढी फोहोर उत्पादन हुने सुदूरपश्चिमको राजधानी सहर धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना हुन सकेको छैन । डम्पिङ साइट निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) ले चार वर्षअघि एक अर्बभन्दा बढी ऋण रकम प्रदान गरे पनि समयमा काम सम्पन्न हुन नसक्दा बर्सेनि फ्रिज हुँदै गएको छ ।
सुदूरपश्चिमका दुर्गम पहाडी जिल्लाका केही बस्तीमा खाद्यान्न अभावले भोकमरी भइरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयले सहज आपूर्ति गर्न सकेको छैन । सरकारले ढुवानीमा अनुदान दिएको कोटाको चामल पनि कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले सहज आपूर्ति गर्न नसकेको हो । प्रादेशिक कार्यालयको गोदाममा अहिले १५ हजार क्विन्टलभन्दा बढी चामल मौज्दात छ ।
बैतडीको तल्लोस्वराडका भानदेव पन्त पाँच जनाको परिवारसहित भारतको महाराष्ट्र हिँडेका छन् । १० वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका उनीसँग उतैको आधार कार्ड पनि छ ।
कैलालीमा करोडौं खर्चिएर बनाइएका सिँचाइ नहरमा पानी बग्दैन । उल्टै निर्माणाधीन नहर मासेर स्थानीयले घडेरीका रूपमा बिक्री गर्न थालेका छन् । डेढ दशकअघि करिब तीन करोड लागतमा बनेको गुर्गी सिँचाइ योजनामा नहरको मूल बाँधबाहेकका सबै संरचना छन् ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लामो समयदेखि मुठ्ठीभर शासकको उत्पीडनका कारण थारुहरु र नयाँ पिढीमा आक्रोशको ज्वाला दन्किरहेको बताएका छन् । ‘थारुमा दन्किरहेको उत्पीडनको यो ज्वालाले मात्रै थारुको मुक्ति गर्ने छ’, उनले भने,‘यो ज्वालालाई मुक्तिको आन्दोलन सफल नभएसम्म बचाई राख्नु पर्छ ।’
सिँचाइको आसमा कैलालीको जोशीपुर वाणीका कुछबहादुर चौधरीले एक बिघा खेत बेचेर ११ लाख रुपैयाँ उपभोक्ता समितिलाई बुझाए । किसानले केही पैसा हालेपछि विश्व बैंकको लगानीमा नहर बन्ने समितिले उनलाई बताएको थियो । आठ वर्ष बित्यो, न विश्व बैंकको लगानी आयो, न कुलो नै बन्यो । उनको आफ्नो पैसासमेत फिर्ता पाएनन् । उनीजस्ता थुप्रै उपभोक्ताबाट लाखौं असुलेको समिति अहिले गुमनाम छ । यसका पदाधिकारी सम्पर्कमै आउन चाहँदैनन् ।
कैलालीको गौरीगंगा नगरपालिका ३ का सदस्य निरज चौधरीको घरमा स्थानीय एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी तथा प्रवक्ता प्रतिक विष्टका अनुसार आइतबार विहान वडा सदस्य चौधरीको घरको कोठामा युवतीको शव फेला परेको हो ।