कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कैलालीमा भत्ता बुझ्न गएका ज्येष्ठ नागरिकको मृत्यु

गणेश चौधरी

टीकापुर — सामाजिक सुरक्षा भत्ता बुझ्न गएका ७६ वर्षीय नरबहादुर साउदको वडा कार्यालय परिसरमै मृत्यु भएको छ । टीकापुर नगरपालिका–८ कालीमाटीका उनी शनिबार भत्ता बुझ्न वडा कार्यालय गएका थिए । 

बैंकमा आउन जान टाढा हुने भएकोले शनिबार वडा कार्यालयमै भत्ता वितरण भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । उनका अनुसार साउद २/३ दिनदेखि बिरामी रहेका ती वृद्ध भत्ता बुझ्न वडा कार्यालय आएका थिए ।

वडा कार्यालय परिसरमा एक्कासी ढलेपछि उनलाई स्वास्थ्य चौकीमा राखी उपचार गर्दागर्दै ज्यान गएको उनले जनाए ।


प्रकाशित : श्रावण १६, २०७८ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?