कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तुइनबाट खसेर महाकालीमा एक जना बेपत्ता

मनोज बडू

दार्चुला — व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । सोही ठाउँका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान ८ बजेतिर महाकालीमा खसेको प्रहरीले जनाएको छ । 

स्थानीयका अनुसार गाउँबाट दार्चुला सदरमुकाम खलंगा आउन महाकालीको तुइन तरेर भारत पुगेका थिए । त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले धम्क्याएर तुइन खोल्न लगाउँदा त्यसैको तारले तानेर उनी महाकालीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार तुइन तरेर व्यासका केही मानिस भारतीय बजार गएका थिए । प्रहरी घटनास्थलमा पुगेको र थप विवरण आउन बाँकी रहेको दार्चुला प्रहरीका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए ।

अहिले दुम्लिङ र सुन्सेरा प्रहरी चौकीको टोली तथा स्थानीय बासिन्दा मिलेर बेपत्ता धामीको खोजी गरिरहेका छन् ।

प्रकाशित : श्रावण १५, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?