कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ

मनोज बडू

दार्चुला — दार्चुलाको नेपाल–भारत सीमा क्षेत्र पुलघाटबाट प्रहरीले ९० ग्राम यार्सागुम्बासहित एकजना भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ । 

यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ

भारत पिथौरागढ जिल्ला धारचुला ग्राम पाङलाका अन्दाजी २३ वर्षीय गणेशसिंह बिष्टलाई यार्सासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार महाकाली नगरपालिका–४ स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गस्ती गर्ने क्रममा बिष्टलाई यार्सागुम्बासहित पक्राउ गरेको हो ।

बरामद यार्सागुम्बा र विष्टलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । विष्टमाथि अनुसन्धान सुरु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण ५, २०७८ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?