कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गाउँघरमा चिकित्सक

दार्चुला — दुर्गम बस्तीमा गएर स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिन ‘गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल दार्चुलाले जिल्लाका स्थानीय तहहरूमा गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

चालु आर्थिक वर्षको चैतमा सुरु हुने गाउँघरमा चिकित्सक कार्यक्रम कोरोना कहरका कारण स्थगित गरी अहिले सञ्चालनमा ल्याएको जिल्ला अस्पतालका डा. आदर्श लिम्बूले बताए । जिल्ला अस्पताल पुग्न सहज नभएका ग्रामीण क्षेत्रका नागरिकलाई गाउँघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको उनले बताए ।

पहिलोपटक जिल्लाका दुर्गम क्षेत्रको अपि हिमाल गाउँपालिकामा यो कार्यक्रम भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए । उनका अनुसार प्रत्येक स्थानीय तहमा दुईदिने शिविर सञ्चालन गरेर सेवा दिने कार्यक्रम हो । अपि हिमालले गाउँघर चिकित्सक कार्यक्रमबाट ४६ जनाले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् ।


प्रकाशित : असार १५, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?