कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन अध्यादेश पारित

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सभाको बैठकबाट प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन ०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पारित भएको छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन अध्यादेश पारित

सरकारले कोरोना महामारीको कारण देखाउँदै पूर्वबजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्न निश्चित समयको प्रावधानलाई अध्यादेशद्वारा संसोधन गरेको थियो ।

सरकारले उक्त अध्यादेश संसद्‌मा टेबुल नगरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको थियो । कांग्रेसको आपत्तिपछि शुक्रबार प्रदेशसभा बैठकमा पेस भएको अध्यादेश आइतबार पारित भएको हो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले अध्यादेश स्वीकृतिका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए ।

प्रकाशित : असार १३, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×