कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीका नदीमा डल्फिन देखा पर्न थाले

टीकापुर — कैलालीको मोहना, कन्द्रा, पथरैया र काढा नदीमा डल्फिन आएका छन् । नदीमा पानीको बहाव बढेपछि डल्फिन यहाँका नदीसम्म आइपुगेका हुन् । 

स्थानीय भीम विकले केही दिनअघिबाट डल्फिन देखिन थालेको बताए । ‘भारतको घाग्रा नदीबाट प्रत्येक वर्षामा डल्फिन आउँछन् र नदीमा पानी घटेपछि उतै फर्कन्छन्,’ उनले भने ।

यो वर्ष नदीमा पानीको सतह चाँडै बढेकाले डल्फिन चाँडै आएको भन्दै उनले नदी किनारमा बसेर र डुंगाको चढेर डल्फिनको अवलोकन गर्न सकिने उनले बताए । नदीमा पानीको बहाव बढेपछि बर्सेनि डल्फिन देखिने गर्छन् । उहिले स्थानीयले जाल तथा गुलेलीले डल्फिनलाई मार्ने प्रयास गरे पनि पछिल्ला दिनमा स्थानीय यसको संरक्षणमा लागेका छन् । डल्फिन देखिने मुख्य केन्द्र टीकापुरको ढुंगाना टोलबाट करिब २५ किमिको दूरीमा भारतको घाघरा नदी पर्छ । यहीबाट नेपालका नदीमा वर्षा याममा पानी बढेपछि डल्फिन प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् ।

वर्षायाममा यहाँका नदीमा पानीको सतह बढ्ने हुँदा असारदेखि कात्तिकसम्म यी नदीमा डल्फिनको अस्थायी बास रहने र पानी घटेपछि डल्फिन पुनः फर्कने नारायणपुर गाविस–९ ढुंगाना टोलका भोजराज ढुंगाना बताउँछन् । कर्णाली, मोहना, काढा र कनरा नदीको संगम स्थलमा वर्षौंदेखि यो क्षेत्रमा डल्फिनका बथान वर्षा याममा देखिँदै आएका छन् ।

प्रकाशित : असार ८, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?