कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोको जोखिममा रहेका परिवारलाई विद्यालयमा सारियो

तृप्ति शाही

बैतडी — अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि बैतडीको पञ्चेश्वर गाउँपालिका-२ गैराका ७ परिवारलाई सुरक्षित स्थान सारिएको छ । मानवीय क्षति हुन सक्ने भन्दै ७ घरका ५२ जनालाई नजिकैको देवथल माविमा राखिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

भारी वर्षाका कारण स्थानीय किसानराम औजीको एक तले घरसँगै रहेको भान्सा पहिरोका कारण भत्किएको प्रहरीले जनाएको छ ।

यस्तै, शनिबार अपरान्ह ४ बजेतिर गएको पहिरोले महाकाली राजमार्ग अन्तर्गत सदबाज—दार्चुला खडकखण्ड पनि अवरुद्ध भएको छ ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ३ को धरमघरमा सडक माथिबाट आएको ठूलो पहिराले पूर्ण रुपले सडक अवरुद्ध भएको प्रहरी प्रवक्ता खड्काले बताए । सडक खुलाउनेबारे समन्वय भइरहेको उनले बताए ।

प्रकाशित : असार ५, २०७८ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?