कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टीकापुरमा कटानको जोखिम

गणेश चौधरी

टीकापुर — लगातारको वर्षाले कर्णाली नदीको बहाव बढेसँगै टीकापुर आसपासको क्षेत्रमा नदीले कटान गर्न थालेको छ । केही दिनयता नदीको बहाव बढेर नदी किनारको तटबन्ध नभएको ठाउँमा कटान गरिरहेको स्थानीयले बताएका छन् । टीकापुर नगरपालिकासित जोडिएको भुराखनी, दौलतपुर र सत्ती कर्णाली सामुदायिक वनमा नदी कटान भइरहेको छ ।

नदी कटानले स्थानीय भयभीत छन् । यसपालि वर्षा धेरै हुने मौसम भनेपछि कर्णाली तटीय क्षेत्रका बासिन्दा बस्तीमा बाढी पस्ने चिन्तामा छन् । स्थानीय निर्मला कडायतका अनुसार टीकापुरको दक्षिणी भागमा पर्ने वडा नं. ७, ८ र ९ मा बढी जोखिम रहेको छ । उनले समयमा रोकथाम भएन भने नदी बस्तीमा पस्ने खतरा रहेको बताइन् ।

यस्तै सत्ती कर्णाली सामुदायिक वनमा नदीले कटान तीव्र बनाएको सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताए । उनले भने, ‘तटबन्ध बनाउने भनेर नदी किनारका रूख काटियो तर तटबन्ध निर्माण नभएपछि कर्णाली नदी गाउँमा पस्ने खतरा बढेको छ ।’

प्रकाशित : असार ५, २०७८ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?