कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परीक्षण गर्न मान्दैनन् स्थानीय

तृप्ति शाही

बैतडी — बैतडीका विभिन्न स्थानीय तहका अधिकांश बासिन्दा सहजै कोरोना परीक्षण चाहँदैनन् । स्वास्थ्यकर्मीहरूका अनुसार उनीहरूलाई बोलाएर सम्झाइबुझाइ गर्दासमेत कोरोना परीक्षण गर्न तयार हुँदैनन् ।

‘परीक्षण गर्नुपर्छ भन्ने भावना कसैमा पनि छैन । बोलाउँदा पनि त कोही आउँदैनन्,’ सिगास गाउँपालिकाका हेल्थ असिस्टेन्ट हेमन्तसिंह साउदले भन्छन्, ‘स्वास्थ्यकर्मीहरू घरमै पुग्दा पनि मान्दैनन् । केही भएकै छैन किन चेक गर्ने भनेर उल्टै प्रश्न गर्छन् ।’

कोरोना परीक्षणका लागि दिनहुँजसो दैनिक स्वाब संकलनका लागि गाउँमा पुग्दा स्थानीयले स्वाब दिनै नमान्ने गरेको पञ्चेश्वर गाउँपालिका–१ पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले गुनासो गरे । उनले भने, ‘कुनै दिन जनप्रतिनिधि, प्रहरीसँगै स्वास्थ्यकर्मीहरू गएर स्वाब संकलन गरेर ल्याउँछौं नभए हामी एक्लैले जति सम्झाइबुझाइ गरे पनि मान्दैनन् ।’

स्वास्थ्य संस्थामा पुगेका बिरामी पनि कोरोना जाँच गर्ने भनेपछि भाग्ने गरेको उनले सुनाए । गाउँमा स्थानीय कोरोना परीक्षण गर्नै नमान्ने शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् । स्वास्थ्यकर्मी परीक्षणका लागि गाउँ पस्दा पनि स्थानीयले लखेट्न थाल्ने अवस्था रहेको उनको भनाइ थियो ।

प्रकाशित : असार २, २०७८ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?