कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

प्रतिपक्ष तटस्थ, नेकपा एमाले ओली पक्ष विपक्षमा
अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सभामुख अर्जुनबहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र र सत्तासाझेदार दल नेकपा एमालेको माधव नेपाल पक्षधर सांसदहरुले समर्थन गरेपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरुले भने विपक्षमा आवाज दिएका थिए । छलफलकै क्रममा लचक भएर प्रस्तुत भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु भने तटस्थ रहे ।

पारित हुनुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले सांसदहरुले उठाएका प्रश्न तथा सुझावहरुको जवाफ दिएका थिए ।

स्वास्थ्य र कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिँदै बिहीबार नीति तथा कार्यक्रम प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रस्तुत गरेका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?