कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण

वसन्तप्रताप सिंह

बझाङ — जिल्ला कोभिड संकट व्यवस्थापन समिति बझाङलाई दुईवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कोरोना प्रतिकार्यका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन । वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र युनाइटेड मिसन टु नेपालले अक्सिजन सिलिन्डरलगायत कोरोना उपयोगी स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण

वर्ल्ड भिजन इन्टरनेसनल नेपालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७० थान अक्सिजन सिलिन्डर, ७० वटा पल्स अक्सिमिटर, थर्मल टेम्प्रेचर गन, पीपीई सेट, सर्जिकल मास्क, सेनिटाइजरलगायत २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । वर्ल्ड भिजनको स्थानीय साझेदार संस्था प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले उक्त सामग्री समिति संयोजक तथा बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीलाई हस्तान्तरण थिए ।

यस्तै, बझाङमै कार्यरत अर्को गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपाल (यूएमएन) ले पनि जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई एन्टिजेन किट, अक्सिजन कन्सन्ट्रेटर, अस्पताल बेड, पीपीई सेट, अक्सिमिटर र कोरोनाको उपचारका लागि उपयोगी मल्टिभिटामिन लगायतका औषधिहरू प्रदान गरेको छ ।

यूएमएनले मास्क, सेनिटाइजर, अक्सिमिटर, मास्क तथा २ सय ६८ परिवारलाई पुग्ने खाद्य सामग्रीसमेत गरी २५ लाख २१ हजार ८१२ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर खड्का, स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीसमेतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको यूएमएनका लेखा अधिकृत केशवराज जोशीले बताए । दैनिक ५० जनाको हाराहारीमा कोरोनाका नयाँ संक्रमित पुष्टि भइरहेको र जोखिम उच्च रहेकै बेला प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणका लागि ठूलो सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।


प्रकाशित : जेष्ठ २७, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?