कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा कोरोनाबाट थप २ जना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमितको मृत्यु भएको छ ।

कैलालीमा कोरोनाबाट थप २ जना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले शुक्रबार दिउँसो सार्वजनिक गरेको विवरणमा उल्लेख भएअनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा कैलालीको घोडाघोडी–१ का ५७ वर्षीय पुरुष र कैलालीकै गोदावरी– ९ का ५० वर्षीय पुरुष रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ६ सय ५७ जनाको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७८ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?