२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सेती अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । सोमबार दिउँसोसम्म अस्पतालमा ८१ जना संक्रमितको उपचार भइरहेको छ।

सेती अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठद्वारा सोमबार दिउँसो ३ बजे सार्वजनिक गरिएको विवरणमा उल्लेख भए अनुसार मृत्यु हुनेहरुमा कैलालीको कैलारी – ६ की ५० वर्षीया महिला, कञ्चनपुरको बेलौरी –१ का ४४ वर्षीय पुरुष, कञ्चनपुरको कृष्णपुर–५ का ५१ वर्षीय पुरुष, कैलालीको कैलारी–७ का ३५ वर्षीय पुरुष, कैलालीको कैलारी–८ की ६० वर्षीया महिला र कैलालीको गोदावरी–५ की ६० वर्षीया महिला रहेका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा सोमबार दिउँसोसम्म उपचार गराइरहेका संक्रमितमध्ये १० जना आईसीयूमा,अक्सिजनको सपोर्टमा ७१ जना संक्रमित रहेका छन् । मध्यम अवस्थाका १६ जना आकस्मिक कक्षमा उपचार गराइरहेका संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ जना निको भएका छन् भने १४ जना नयाँ संक्रमित भर्ना गरिएको श्रेष्ठले जानकारी दिएका हुन । यसैगरि पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ७ सय ५२ जनाको परीक्षण गरिएको छ । जसमध्ये २ सय ७३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

पोजेटिभ देखिएकाहरुमा धनगढी उप महानगरपालिका क्षेत्रका ७१ पुरुष र ४१ महिला गरि १ सय १२ जना, कैलाली जिल्लाको विभिन्न क्षेत्रका ९६ पुरुष र ३५ महिला गरी १ सय ३१ जना तथा अन्य जिल्लाका २१ पुरुष र ९ महिलागरी ३० जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?