कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राहत माग्दै बादी परिवार

अछाम — स्थानीय मंगलसेन नगरपालिका–५ मा बस्दै आएका बादी समुदाय निषेधाज्ञाका कारण समस्यामा परेका छन् । उनीहरू दिनहुँजसो गाउँघरमा पुगेर मागेको खाद्यान्नले गुजारा चलाउँदै आएका थिए । कोरोना संक्रमणसँगै भएको निषेधाज्ञाले उनीहरूलाई साँझबिहानको छाक टार्नै समस्या भएको हो । मागेर र बजारमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेका बादी समुदाय यतिखेर नगरपालिका र अन्य निकायमा राहतका लागि गुहारिरहेका छन् ।

राहत माग्दै बादी परिवार

वैशाख १९ गतेदेखि अछाममा निषेधाज्ञा भएपछि उनीहरूको दिनचर्या कठिन बनेको छ । यतिखेर उनीहरू राहत सहयोग माग्दै जिल्ला प्रशासन कार्यालय, मंगलेसन नगरपालिकामा धाइरहेका छन् । राहत भने पाएका छैनन् ।

बिहीबार नगरपालिका कार्यालय गएकी बादी समुदायकी अध्यक्ष टंकी बादीले कार्यालयले अहिले दिन नसकिने भनेको सुनाइन् । ‘खेतीपाती गर्नलाई जग्गा जमिन छैन । अहिले गाउँमा माग्न जाने अवस्था छैन, बजारमा भारी बोकेर गुजारा गर्थ्यौं तर अहिले बजार पनि बन्द छ,’ उनले भनिन्, ‘हामीले कसरी गुजारा चलाउने ? पोहोर साल सबैले अलिअलि सहयोग गरे । यो पटक कोही वास्तै गर्दैनन् ।’

मंगलसेनमा बसोबास गर्ने बादी समुदायका ९ परिवार भोकमरीको चपेटामा परेको उनको गुनासो छ । ‘अघिल्लो वर्ष सरकारले हामीलाई जग्गा पनि दियो, लालपुर्जा पनि दियो । नगरपालिकाले राहत समेत दियो,’ उनले भनिन्, ‘लालपुर्जाले छाक टार्न सकिँदैन । अहिले हामीलाई धेरै समस्या छ ।’ कांग्रेस पार्टीबाट पूर्वजिल्ला सदस्यसमेत भएकी सीता बादी यतिबेला राहत माग्दै हिँडेकी छन् । ‘पार्टीको सदस्य हुँदा पनि नेताले भनेको मान्नेबाहेक केही गर्न सकिएन । हामी अल्पमतमा परेकालाई आमन्त्रित जिल्ला सदस्य बनाएर भुल्याए जस्तो महसुस भएको छ,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ ८, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×