२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सेती अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

धनगढी — सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

सेती अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा– ११ की ५२ वर्षीया महिला र कञ्चनपुरकै कृष्णपुर–४ का ५५ वर्षीय पुरुष रहेका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा शुक्रबार दिउँसोसम्म उपचार गराइरहेका संक्रमितहरुको संख्या १ सय ८ छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ५ सय ९८ जनाको परीक्षणमा २ सय २९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७८ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?