२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सेती अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसोसम्म अस्पतालमा १ सय ३ जना संक्रमित बिरामीको उपचार भइरहेको छ । 

सेती अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

सक्रमितमध्ये १५ जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । अन्य अक्सिजनको सपोर्टमा उपचाररत रहेका छन । पछिल्लो २४ घण्टामा निको भइ घर फर्केका र होम आइसोलेसनमा गएकाहरु ११ जना रहेका छन भने १३ जना नयाँ संक्रमित बिरामी भर्ना भएका छन् ।

यसैगरी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८ सय ४६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सय ६४ जनामा पोजिटिभ पुष्टि भएको बिहीबार अस्पतालले सार्वजनिक गरेको पीसीआर जाँच सम्बन्धि विवरणमा उल्लेख गरिएको छ ।

दोस्रो लहर सुरु भएदेखि हालसम्म अस्पतालमा कोरोना संक्रमित भइ उपचारका लागि भर्ना भएका बिरामी ९ सय २३ जना रहेका छन । निको भइ घर फर्केका र होम आइसोलेसनमा भएका बिरामीको संख्या ८ सय १ रहेको छ ।

अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार कोरोना संक्रमण सुरु भएदेखि हालसम्म सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षणका लागि ९२ हजार ९६९ को स्वाब संकलन गरिएको थियो । जसमध्ये १५ हजार ४५४ पोजिटिभ देखिएका थिए ।

प्रकाशित : जेष्ठ ६, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?