२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

सेती अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोसम्म अस्पतालमा १ सय २० जना संक्रमितको उपचार भइरहेको छ ।

सेती अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा बुधबार दिउँसोसम्म उपचाररत १ सय २० जना संक्रमितमध्ये १४ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अन्य अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा निको भइ घर फर्केका र होम आइसोलेसनमा गएकाहरु ४ जना रहेका छन् भने ४ जना नयाँ संक्रमित बिरामी भर्ना भएका छन् ।

यसैगरी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९ सय ६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सय ५३ जनामा पोजेटिभ पुष्टि भएको बुधबार अस्पतालले सार्वजनिक गरेको पीसीआर जाँच सम्बन्धि विवरणमा उल्लेख गरिएको छ ।

दोस्रो लहर सुरु भएदेखि हालसम्म अस्पतालमा कोरोना संक्रमित भइ उपचारका लागि भर्ना भएका बिरामी ९ सय १० जना रहेका छन् । निको भइ घर फर्केका र होम आइसोलेसनमा भएका बिरामीको संख्या ७ सय ९० रहेको छ । सेती अस्पतालमा मात्रै उपचारको क्रममा सुरुदेखि हालस्मम मृत्यु भएका संक्रमित बिरामीको संख्या १ सय ३७ रहेको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कोरोना संक्रमण सुरु भएदेखि हालसम्म अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षणका लागि ९२ हजार १२३ स्वाब संकलन गरिएको थियो । जसमध्ये १४ हजार ९९० पोजेटिभ देखिएका थिए ।

प्रकाशित : जेष्ठ ५, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?