कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेती प्रादेशिक अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका मध्ये पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार बिहीबार दिउँसोसम्म मृत्यु हुनेमा कैलालीका ३ पुरुष रहेका छन् ।

मृत्यु हुनेहरुमा कैलालीको गोदावरी–३ का ३१ वर्षीय पुरुष, कैलाली धनगढी–२ का ४९ वर्षीय पुरुष र कैलालीकै धनगढी– ३ का ५२ वर्षीय पुरुष रहेको श्रेष्ठले बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा बिहीबार दिउँसोसम्म उपचाररत ६७ जना संक्रमितमध्ये ५ जनाको भेन्टिलेटरमा, आईसियूमा २० जना र अक्सिजनको सपोर्टमा ४५ जना तथा अन्य २ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा अस्पतालको पीसीआर प्रयोगशालामा ७ सय ७६ जनाको परीक्षणमा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?