कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा मंगलबार कोरोना संक्तमणबाट एकै दिन १५ जनाको मृत्यु भएको छ ।

कञ्चनपुरमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिकाका–९, बेदकोटका ३ र दोधारा चाँदनी नगरपालिकाका ३ जनाको मृत्यु भएको हो ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन कपिलदेव जोशीका अनुसार महाकाली अस्पतालमा उपचारका क्रममा १० जनाको, दोधारा चादनीमा १, सेती प्रादेशिक अस्पताल धनगढीमा २ जनाको र डडेलधुरको उपक्षेत्रीय अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

यसैगरि बेदकोट नगरपालिकामा एक जनाको होम आईसोलेसनमै मृत्यु भएको हो ।

कञ्चनपुरमा केही दिनयता कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या पनि बढ्दै गएको छ । सोमबार कञ्चनपुरमा ७ र आइतबार ५ जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ८९ जनाको मृत्यु भएको छ ।

मंगलबार कञ्चनपुरमा पीसीआर परीक्षणबाट १४७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?