कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेती प्रादेशिक अस्पतालमा थप ७ संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार आइतबार दिउँसोसम्म मृत्यु हुनेमा कैलालीका १ महिला र ४ पुरुष तथा कञ्चनपुरका १ महिला र २ पुरुष रहेका छन् । 

सेती प्रादेशिक अस्पतालमा थप ७ संक्रमितको मृत्यु

अस्पतालमा ५४ जना संक्रमितको उपचार भइरहेको उनले बताए । उनीहरुमध्ये ५ जनाको भेन्टिलेटरमा, आइसीयुमा १८ जना र अक्सिजनको सपोर्टमा २६ जना तथा अन्य ५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना निको भएर २ जना डिस्चार्ज भएका छन् ।

२४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ६ सय २३ जनाको परीक्षण गरिएकोमा ३ सय २८ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?