कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेती प्रादेशिक अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । अस्पतालमा ५० जना संक्रमितको उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार शुक्रबार दिउँसोसम्म मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका– ३ का ७० वर्षीय पुरुष, कैलालीको लम्कीचुहा नगरपालिका– ७ का ४६ वर्षीय पुरुष, कैलालीको धनगढी उपमहानगरपालिका–१ का ५५ वर्षीय पुरुष रहेका छन् । यसैगरी पर्वतको पंक–७ की ७६ वर्षीया महिला र कैलालीको धनगढी उपमहानगरपालिका–१ की ६० वर्षीया महिला समेत पछिल्लो २४ घण्टामा मृत्यु हुने ५ जना रहेका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा शुक्रबार दिउँसोसम्म अस्पतालमा उपचाररत ५० जना संक्रमितमध्ये ३ जनाको भेन्टिलेटरमा, आईसियुका १५ जना र अक्सिजनको सपोर्टमा ३० जना तथा अन्य २ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भएर २ जना डिस्चार्ज भएका छन् । ६ जना अस्पतालमा नयाँ संक्रमित भर्ना भएको श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रकाशित : वैशाख २४, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?