कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सेती प्रादेशिक अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घन्टामा उपचार गराइरहेका  ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा ५८ जना संक्रमितको उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार बिहीबार दिउँसोसम्म मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका– ६ की ५८ वर्षीया महिला, बझाङको दुर्गाथली गाउँपालिका– १ की ८२ वर्षीया महिला, कैलाली जोशीपुरका ६० वर्षीय पुरुष र कैलालीको धनगढी उपमहानगरपालिका– ४ का ८१ वर्षीय पुरुष रहेका छन् ।

उपचाररत ५८ जनामध्ये ३ जनाको भेन्टिलेटरमा, आईसीयूका २० जना र अक्सिजनको सपोर्टमा २८ जना तथा अन्य ७ जना रहेको श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भएर ६ जना डिस्चार्ज भएका छन । १४ जना अस्पतालमा नयाँ संक्रमित भर्ना भएको श्रेष्ठले जानकारी दिएका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ६ सय ५० जनाको परीक्षण गर्दा ३ सय ६९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?