कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले मंगलबार दिउँसो दिएको जानकारी अनुसार मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ७१ वर्षीय पुरुष, कैलालीको धनगढी उपमहानगरपाकिाका – ५ का ६० वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष, कैलालीको धनगढी उप महानगरपालिका– १३ का २२ वर्षीय पुरुष, बर्दियाको उत्तमपुर –२ का ३० वर्षीय पुरुष र धनगढी उप महानगरपालिका –७ की ७७ वर्षीया महिला रहेका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा मंगलबार ५० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरुमध्ये ३ जनाको भेन्टिलेटरमा, आईसीयूमा ९ जना र अक्सिजनको सपोर्टमा ३३ जना तथा अन्य ५ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भएर १२ डिस्चार्ज भएका छन । १ जनालाइ रिफर गरिएको छ भने १४ जना अस्पतालमा भर्ना भएको श्रेष्ठले जानकारी दिए ।

यसैगरि पछिल्लो २४ घण्टामा अस्पतालको पीसीआर प्रयोगशालामा ३ सय ७४ जनाको परीक्षण गरिएको छ । जसमध्ये १ सय ७५ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?