कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — महाकाली अस्पतालमा उपचार गराइरहेका थप दुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ । उनीहरुको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । 

कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका कोरोना फोकल पर्सन डा. गोविन्द रोकायाका अनुसार अस्पतालको एचडीयूमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरुष र भीमदत्त नगरपालिका १४ का ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।

५२ वर्षीय पुरुषमा क्यान्सरको लक्षण पनि देखिएकाले थप उपचारका लागि चितवन लैजाने तयारी गरिरहेकै बेला मृत्यु भएको डा. रोकायाले बताए । उनीहरु दुवैजना ५ दिनदेखि अस्पतालमा उपचाररत थिए ।

डा. रोकायाका अनुसार शनिबार बिहान होम आइसोलेसनमा रहेका भीमदत्त नगरपालिका १८ का एक ६८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

प्रकाशित : वैशाख १८, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?