कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

अस्पताल लैजान एम्बुलेन्स नहुँदा घरमै बिरामीको मृत्यु

विप्लव महर्जन

सल्यान — एम्बुलेन्स खोज्दाखोज्दै बन्गाड कुपिण्डे नगरपालिका-१ का ४३ वर्षीय बिरामी डिल्लीबहादुर बुढाको मृत्यु भएको छ । स्वास्थ्य अवस्था गम्भीर भएको बुढाको उपचारका लागि बाहिर लैजान एम्बुलेन्स नपाउँदा ढिलाइ भएपछि घरमै मृत्यु भएको हो ।

अस्पताल लैजान एम्बुलेन्स नहुँदा घरमै बिरामीको मृत्यु

भारतबाट आएको केही दिनअघि बिरामी भएपछि सुरुमा उनलाई सल्लीबजारमा रहेको सञ्जिवनी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट सुर्खेत क्षेत्रीय अस्पतालमा उपचार गराएर उनलाई फर्काइएको थियो । 'सोमबार राति अवस्था थप गम्भीर भएपछि एम्बुलेन्स खोज्यौं, जताततै फोन गर्यौं तर कतै पाइएन । घरमै छोराको ज्यान गयो,’ मृतकका बाबु कुलबहादुर बुढाले भने ।

बन्गाड कुपिण्डे नगरपालिकाले गत वर्ष नयाँ एम्बुलेन्स किनेको र कागजी प्रक्रिया नपुगेको भन्दै इलाका प्रहरी कार्यालय सल्लीबजारमा थन्किएको छ । छोरालाई समयमै उपचारका लागि बाहिर लैजान नसकेकाले मृत्यु भएको बुढाले बताए ।

जिल्लामा अहिले कोरोना संक्रमितको संख्या हवात्तै बढिरहेको र भारतबाट आएका बुढाको नयाँ कोरोनाको कारण मृत्यु भएको हुनसक्ने भन्दै सम्बन्धित निकायले स्थानीयलाई सजग रहन आग्रह गरेको छ ।

परीक्षा दिन गएकी छात्राको लडेर मृत्यु

परिक्षा दिन विद्यालय जाँदै गरेकी छत्रेस्वरी गाउँपालिका २ अत्तरकाँडाकी भानुभक्त मावि दमाचौरमा कक्षा १० अध्ययनरत १६ वर्षीया चन्द्रकला सार्कीको मंगलबार लडेर मृत्यु भएको छ । विद्यालय जाने सडकमा दौडने क्रममा सल्लाको कुसुममा चिप्लिएर लडेका कारण छात्राको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विद्यालयले आन्तरिक परीक्षा सञ्चालन गरेपछि मंगलबार बिहान उनी गणित विषयको परीक्षा दिन गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।

प्रकाशित : वैशाख १४, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×