कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्लाफाँटामा बाघको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक वयस्क बाघ मरेको छ । सोमबार साँझ घाइते अवस्थामा भेटिएको उक्त बाघ मंगलबार बिहान मरेको हो ।

नेपाल–भारत सीमा क्षेत्र नजिकै २४ नं. सीमा स्तम्भ भन्दा ५० मिटर नेपालतर्फ सोमबार साँझ घाइते अवस्थामा उक्त बाघ भेटिएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीका अनुसार पासोमा परेर उक्त बाघ घाइते भएका थियो ।

‘सोमबार साँझ घाइते अवस्थामा भेटिएको थियो, आज मर्‍यो,’ चौधरीले भने, ‘पोस्टमार्टम रिपोर्टमा पासोले घाइते भएको देखिएको छ, घाँटीमा घाउ पनि देखिएको छ ।’ पोस्टमार्टमपछि मझगाउँस्थित निकुञ्ज कार्यालय परिसरमै गाडिएको उनले बताए । उनका अनुसार सोमबार रातभरि निकुञ्जको टोलीले घाइते बाघको रेखदेख गरेका थिए । भारततिर तस्करहरुले थपेको पासोमा परेर घाइते भएको हुन सक्ने चौधरीले बताए ।

प्रकाशित : चैत्र १७, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?