१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

रहेनन् मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल

रासस

कैलाली — कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ । 

रहेनन् मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल

उच्च रक्तचापलगायत रोगले ग्रस्त उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको उनका स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिए ।

मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिनअघि अचानक बेहोस भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उनी लामो सयमदेखि रक्तचापको औषधि खाँदै आएका थिए । रावल नेकपा (एमाले) का तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका तीन छोरा र श्रीमती छन् ।

प्रकाशित : चैत्र १७, २०७७ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?