करणी प्रयास आरोपमा शिक्षक पक्राउ- सुदूरपश्चिम - कान्तिपुर समाचार

करणी प्रयास आरोपमा शिक्षक पक्राउ

कान्तिपुर संवाददाता

बझाङ — आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

जयपृथ्वी नगरपालिकाको एउटा सामुदायिक विद्यालयका ३१ वर्षीय शिक्षकले कक्षा ९ की छात्रालाई जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षको आरोप छ । धारामा पानी थाप्न गएका बेला गत शनिबार १४ वर्षीया छात्रालाई जबर्जस्ती करणी गर्न खोजेको उजुरी आएपछि शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र कार्कीले बताए ।

प्रकाशित : चैत्र १६, २०७७ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्

सीमा क्षेत्रबाट प्रवेश गरेकालाई अनिवार्य आइसोलेसनमा राख्‍न स्वास्थ्य मन्त्रालयको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरुलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्‍न निर्देशन दिएको छ । 

भारतीय सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरु सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरुलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको हो । सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वस्थ्य कार्यालयहरुको समन्वयमा कोरोनाको लक्षण वा चिन्ह भएकालाई अस्पतालमा र लक्षण नभएकालाई आइसोलेसनको व्यवस्था गरी १० दिन अनिवार्य रुपमा राख्न सोमबार सूचना जारी गरेको छ ।

मन्त्रालयले आइसोलेसन सेन्टरमा राखेबापतको प्रतिदिन प्रतिबिरामी दुई हजार सोधभर्ना उपलब्ध गराउने बताएको छ ।



प्रकाशित : चैत्र १६, २०७७ १९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×