कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — भारतको दुधुवा नेशनल पार्कमा दाउरा लिन गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका –९ ख गाउँकी धनादेवी थापाको बिहीबार हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाका अनुसार मृतक महिलाको शव ल्याउने विषयमा पहल भइरहेको छ । उनले भारतीय सुरक्षाकर्मी र वनकर्मीसँगै यस विषयमा छलफल भइरहेको बताए ।

प्रकाशित : फाल्गुन १३, २०७७ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?